• Friday 31st of July 2026

डुङ्गा चालकलाई लाइफज्याकेट प्रदान


  • गोकर्णेश्वर अनलाइन

सिरहा र धनुषा सीमामा पर्ने कमला नदीमा सञ्चालन भइरहेको डुङ्गाका चालक तथा यात्रुहरुका लागि सिरहा नगरपालिकाले सेफ्टी लाइफ ज्याकेट उपलब्ध गराएको छ । नदीमा पुल निर्माण नहँुदा सिरहा र धनुषा आवतजावत गर्नेहरुलाई नदी वारपार जोखिम पूर्णरुपमा डुङ्गामा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यात्रुहरुलाई नदी वारपार गर्न सिरहा नगरपालिका–६ बसबिट्टा घाटमा दुईवटा डुङ्गा सञ्चालन हुँदै आएको छ ।

कमला नदीमा जोखिमपूर्ण यात्रामा गइरहेका यात्रु तथा चालकका लागि सिरहा नगरपालिकाले ४२ थान सेफ्टी लाइफ ज्याकेट उपलब्ध गराएको हो । डुङ्गामा यात्रीको यात्रा सफल र सुरक्षित बनाउन निःशुल्क रुपमा डुङ्गा सञ्चालकलाई सेफ्टी ज्याकेट उपलब्ध गराएको नगर प्रमुख अशेश्वर यादवले जानकारी दिनुभयो । उपलब्ध गराइएको ज्याकेट प्रयोगबापत यात्रुबाट कुनै पनि शुल्क नलिन डुङ्गा सञ्चालकसँग आग्रह गर्दै ज्याकेट नलगाई अथवा ज्याकेट प्रयोग गरेबापत शुल्क लिइएको थाहा पाइएमा कार्वाही गरिने नगरप्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology