• Saturday 1st of August 2026

दलित समुदायलाई आधुनिक आरन


  • गोकर्णेश्वर अनलाइन

गल्याङ नगरपालिकाले आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकामा आरन व्यवसाय सञ्चालन गर्दै आएको दलित समुदायलाई हाते यन्त्र (हेण्ड ब्लोर) वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख भूपराज अधिकारीले व्यवसायीलाई आरनमा प्रयोग गरिने हाते यन्त्र हस्तान्तरण गर्दै परम्परादेखि चल्दै आएका पेशा र व्यवसायको संरक्षणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाभित्र आरन व्यवसाय गर्दै आएका १७ व्यवसायीलाई यन्त्र हस्तान्तरण गरिएको नगरपालिकाका भण्डार शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology