• Tuesday 28th of July 2026

१५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ


  • गोकर्णेश्वर अनलाइन

पश्चिम बंगाल, भारत, ४ भदौ (रासस-पिटिआई) –– भारतको पश्चिम बंगालमा १५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन् । पश्चिम बंगालको दक्षिण २४ पाग्रानस जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

प्रहरीको टोलीले बुधबार राती गस्तीमा रहेकै बेला उनीहरुलाई नौ लाख भारतीय रुपैया बराबरको गाँजा सहित पक्राउ गरेको थियो । प्रहरीले गाँजा तस्करीका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । भारतको कानुनमा गाँजा ओसारपसार र बेचविखन बर्जित छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology