• Saturday 25th of July 2026

अनुदानमा हिउँदे तरकारीको बीउ


  • गोकर्णेश्वर अनलाइन

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न नौ जातका हिउँदे तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला (मिनुअर्ली र चालिसे), सिमी, पालुङ्गो, धनियाँ, काउली, बन्दा र केराउको बीउ अनुदानमा उपलब्ध गराएको हो ।

यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाभित्रका जमीनमा उत्पादन हुन सक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूललगायत बिरुवा पनि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology