धार्मिक एंव पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका—१ लिस्तीकोटस्थित भैरवकुण्डको विकास तथा विस्तार गरिने भएको छ । आगामी तीन वर्षभित्र भैरवकुण्डको विकास तथा विस्तार गर्ने लक्ष्यका साथ यसको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न भोटेकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु। ५० लाख बजेट विनियोजन गरेको छ । डीपीआर तयार भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि पर्यटन मन्त्रालय तथा विभागमा अनुरोध गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले वताउनुभयो । उहाँले पर्यटन मन्त्रालय र विभागका उच्च तहका अधिकारीबाट डीपीआर तयार गरी पठाएमा आवश्यक बजेट व्यवस्थापन गर्न सकिने आश्वासन आफूले पाएको बताउनुभयो ।
गाउँपालिका—४ स्थित फुल्पीङकट्टीको डाक्लाङबाट ३० किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ । सडक निर्माण गरिए पनि भोटेकोशी नदीमा पक्की पुलको अभावमा वर्षौसम्म यातायात सञ्चालन हुन नसकेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सूचना तथा सञ्चारमन्त्री हुँदा २०७४ सालमा आफ्नो पहलमा वेलिबृज पुल निर्माण गराउनुभएको थियो । त्यसपछि सो पुलमाथि यातायात सञ्चालन हुँदै आइरहेको छ । लिस्तीको चोकरमोकर भन्ने स्थानसम्म यातायातका साधन पुगी सकेको हुँदा त्यहाँबाट भैरवकुण्डसम्म पुग्न सात किलोमिटर पैदल यात्राको लागि पदमार्ग बनाउने कार्यक्रम छ । चोकरमोकर र भैरवकुण्डमा एक एक वटा हेलिप्याड निर्माण गर्नुका साथै बुद्ध पार्कको समेत निर्माण गरिने भएको छ ।
त्यसैगरी भैरवकुण्डमा अवस्थित शिव पार्वती मन्दिरको स्तरोन्नती गर्नुका साथै कुण्ड ९पोखरी० को संरक्षण गरी त्यस स्थानको पहिचान गराएर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्द्श्य रहेको अध्यक्ष पौडेलले वताउनुभयो । साविक लिस्तीकोट गाविसमा पर्ने उक्त भैरवकुण्ड लेकमा अवस्थित छ । समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको भैरवकुण्ड प्राकृतिक रुपमा मनमोहक छ । हिन्दु तथा बौद्धधर्मावलम्बीहरुको समान आस्था रहेको भैरवकुण्ड ८४ हजार १९३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । शिव र पार्वतीको वासस्थानको रुपमा रहेको भैरवकुण्डमा नागपञ्चमी र जनैपूर्णिमामा विशेष मेला लाग्दछ । शेर्पाहरु यस कुण्डलाई ‘आमाछ्योमेन’को रुपमा पूजा गर्दछन् । भैरवकुण्डमा स्नान गरी पूजाअर्चना गर्नाले जे वर माग्यो त्यो प्राप्त हुने जनविश्वास छ । त्यस्तै लिस्तीस्थित उग्रचण्डी भगवतीको मन्दिर पनि रहेको छ ।
त्यस भेगका बासिन्दाले लिस्तीमाई भनेर पुकारिने उक्त मन्दिर मल्लकालमा स्थापित भएको जनविश्वास छ । वहुसङ्ख्यक तामाङ र शेर्पाको बसोवास रहेको उक्त वडामा मल्लकालदेखि उपत्यकाबाट गएका प्रधान थरका व्यक्तिले मन्दिरको पुजारीको रुपमा काम गर्दै आइरहेका छन । भगवतीको मन्दिर नजिक बुद्ध धर्मका धार्मिक स्थल पाउगुम्वा रहेको छ । त्यसैगरी हगाम स्थित अर्को प्रख्यात आतीगुम्वा रहेको छ । त्यहाँ नेपाली र तिब्वतीसहित हाल एक सय ६१ जना आनी ९भिक्षुणी० रहेको वडाध्यक्ष मुके शेर्पाले जानकारी दिनुभयो । स्थानीय गुम्वा व्यवस्थापन समितिका सदस्य समेत रहेका शेर्पाका अनुसार उनीहरुलाई निःशुल्क खाने बस्ने व्यवस्था भएको र त्यसका लागि विदेशीहरुले गुम्वामा आफन्तजनको नाममा स्वस्ती शान्तिको पूजापाठ गरिदिने भन्दै रकम उठाउने गरेका छन् । अरु अप्ठेरो परेको अवस्थामा समितिले पनि सहयोग जुटाउँदै आइरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
