• Friday 24th of July 2026

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक पूजा अर्चनासहित दर्शन गर्न बौद्धनाथ मन्दिरमा


  • गोकर्णेश्वर अनलाइन

निजी भ्रमणको सिलसिलामा काठमाडौं आउनुभएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथ मन्दिरको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ ।

शुक्रबार बिहान काठमाडौं आउनुभएका वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ र बौद्धनाथमा पुगेर पूजा अर्चनासहित दर्शन गर्नुभएको हो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो भने स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभएको थियो ।

त्यस्तै बौद्धनाथमा पनि व्यवस्थापन समितिका पदाधिकारीले वाङचुकलाई स्वागत गरेका थिए ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी राजा वाङचुक शुक्रबार नै स्वदेश फर्कनुभएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology