• Sunday 2nd of August 2026

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो


  • गोकर्णेश्वर अनलाइन

गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो । बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । पहिरामा २३ जना अझै हराइरहेका छन् ।

हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन् । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी छ । भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी शुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology