• Friday 24th of July 2026

हेर्नुस् सज्जा चौलागाईंको नेपाल आइडल पहिलो सिजनमा फालिँदादेखी तेस्रो सिजनको बिजेता बन्दा सम्मको अनुभव


  • गोकर्णेश्वर अनलाइन
सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपालको पहिलो अन्तरास्ट्रिय स्तरको चर्चित रियालिटी सो नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईंले आफ्नो नेपाल आइडल यात्रबारे विभिन्न तथ्य सार्वजनिक गरेकी छिन् ।
पहिलो सिजनमा सेलेक्ट समेत नभएकी सज्जा चौलागाईंले कसरी तेश्रो  संस्करणमा बिजेता बन्न सफल बनिन्  भन्ने प्रेरक अन्तरवार्ता दिएकी छिन् । आशाका किरण मिडियासंग कुरा गर्दै सज्जा चौलागाईंले आफ्नो यात्राको बारेमा प्रस्ट पारेकी छिन् ।निरन्तरको मेहेनत र केही कुरा सोचेपछी त्यससंग डटेर लाग्नाले मात्र सफलता हात लाग्ने भन्दै चौलागाईंले आम नेपाली युवालाई प्रेरणा हुने सन्देश समेत दिएकी छिन् । स्थाई ठेगना मोरङ भएकी सज्जाले बाल्यकाल भने गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा बिताएकी हुन् ।कक्षा ७ सम्म गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको एटलान्टिक स्कुलमा अध्यन गरेकी सज्जाले एसईइ भने गोनपा ६ मा रहेको निमोनिक स्कुलबाट उतिर्ण गरेकी हुन् । कक्षा १२ इस्टपोल स्कुलबाट पास गरेर आमा बुबालाई सघाउ पुग्छ भनेर विदेश जान लागेकी सज्जाको भग्य फेरीएको छ । नगद ५० लाख पुरस्कार जितेकी सज्जाको आमा बुबालाई सघाउने र एउटा सुबिध सम्पन्न म्युजिक स्टुडियो बनाउने योजना रहेको छ । स्कुलमा पढ्दा अन्तर विद्यालय गायन प्रतियोगितामा प्रथम हुँदा गायन क्षेत्रमा लाग्ने प्रेरणा पाएकी सज्जाले २२ वर्षमा हरेक गायकले चुम्न चाहेको उपाधी हासिल गरिन । हेर्नुस् आशाका किरण मिडियाका लागि आशाका किरण मिडियाका अध्यक्ष एवम् आशाका किरण डट कम का प्रधान सम्पादक सुदर्शन बजगाईले एपी वान टेलिभिजनमा प्रशारण हुने बहुचर्चित रियलिटी सो नेपाल आइडलको तेस्रो  संस्करणकी बिजेता सज्जा चौलागाईंसंग गरेको कुराकानीको संपादित अंश :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology