• Sunday 2nd of August 2026

पत्रकार महासङ्घ कास्कीलाई स्वास्थ्य सामग्री


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसका विरुद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्याउने उद्देश्यले पत्रकार महासङ्घ कास्कीको भवनमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सामग्री प्रदान गर्दै सामाजिक दूरी कामय गर्दै मास्क र सेनिटाइजरको प्रयोगले कोरोना भाइरससँग जुध्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा महासंङ्घका अध्यक्ष श्रेष्ठले प्राप्त सामग्रीको सही सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कास्की महासङ्घमा कु ३०१ सदस्य छन् ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology