• Tuesday 4th of August 2026

चीनमा गरिबी निवारणका लागि पाँच वर्षमा १५ खर्ब युआन परिचालन


  • गोकर्णेश्वर अनलाइन

चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ । बैङ्कले गरिबी निवारणका लागि अल्पसङ्ख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो ।

केही वर्षयता सरकारको गरिबी निवा।रणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ । बैङ्कले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ्ग सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ ।

यो पानो हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology