• Monday 3rd of August 2026

विस्तार गर्दै अस्किना नेट केवल, १० जिल्लामा पुर्याउने


  • गोकर्णेश्वर अनलाइन

चितवन, नवलपरासी र मकवानपुरमा सेवा दिँदै आएको अस्किना केवलले सेवा विस्तार गरेर १० जिल्लामा पुर्याउने भएको छ । सोही कम्पनीले यी तीन जिल्लामा इन्टरनेट र सिम टिभी वितरण गर्दै आएको छ । अस्किना केवल नेट प्रालिका प्रबन्ध निर्देशक दीपक अधिकारीका अनुसार तनहुँको दमौली, कास्कीको पोखरा, लमजुङको बेँसीशहर, गोरखाको गोरखा बजारमा सेवा विस्तार गर्न लागिएको हो । यसैगरी, रुपन्देही, कपिलवस्तु, सिराहा र सुनसरीका मुख्य शहरमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका अध्यक्ष मिलन गुरुङले स्थापनाको दुई वर्षको अवधिमा तीन जिल्लाका ग्राहकको सन्तुष्टिसँगै सेवा विस्तार गर्न लागिएको बताउनुभयो । एक वर्षभित्रमा सेवा विस्तार सक्ने गरी काम भइरहेको उहाँको भनाइ थियो । उहाँका अनुसार सिम टिभीका ग्राहक २७ हजार छन् । जिल्ला विस्तारसँगै टेलिभिजनका ग्राहक ५० हजार र इन्टरनेटका ग्राहक ३० हजार कटाउने लक्ष्य रहेको गुरुङले बताउनुभयो । सो कम्पनीले अन्तर्राष्ट्रिय प्रतिष्ठित कम्पनी हुवाहेको उच्चस्तरको उपकरण प्रयोग गरेको दाबी गरेको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology