• Monday 3rd of August 2026

घाँटीमा डोरीले बाँधेर, आँखा फुटाएर र कानसमेत काटेर महिलाको हत्या


  • गोकर्णेश्वर अनलाइन

घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेश सिंह स्वयम् पुग्नु भएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक धमलाले घटनाको अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिनुभयो ।

आज प्रदेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ । शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरिएको छ । गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उहाँको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाले कर्तव्यबाटै हत्या भएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो । मृतकको हत्या भएको भन्दै उहाँका श्रीमान् शिवनारायण कौडगिया यादवले सामान्य उजूरी दिएको जानकारी दिँदै प्रहरीले हत्याका आरोपित यकिन भएपछि पुनःकर्तव्य ज्यानको उजूरी लिने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology