• Thursday 10th of September 2026

यस वर्ष बारामा ५५ हजार मेट्रिक टन भदैयाधान उत्पादन


  • गोकर्णेश्वर अनलाइन

जिल्लामा यस वर्ष ५५ हजार मेट्रिकटन भदैयाधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार यस वर्ष कृषकले हर्दिनाथ–१ , चैते–४, राधाजातको भदैया धान गरी कूल ११ हजार ९३१ हेक्टर जमिनमा खेती गरेकामा समयसमयमा पानी परेकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

भदैया धान प्रतिहेक्टर चार दशमलव छ मेट्रिकटनले कूल ५४ हजार ८८२ दशमलव ६ मेट्रिकटन उत्पादन भएको हो । उक्त धान जिल्लाको प्रत्येक क्षेत्रमा कृषकले लगाएको ज्ञानकेन्द्रका विज्ञ गेनालाल मण्डलले बताउनुभयो । गत वर्ष कृषकले कूल ११ हजार ९३० हेक्टर जमिनमा उक्त धान लगाएकामा धेरै पानी पर्नाका साथै धान पाक्ने समयमा फौजी कीराको प्रकोपले गर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको ज्ञानकेन्द्रका प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology