• Sunday 2nd of August 2026

राष्ट्रिय अविष्कार केन्द्रलाई आर्थिक सहयोग


  • गोकर्णेश्वर अनलाइन

युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो ।

‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको रु १० हजार २०० अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिनुभयो ।

“राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । युवा सजगता अभियानले आफ्नो सङ्गठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology