• Sunday 2nd of August 2026

मिथिलामा प्रेम र समर्पणको पर्व सामाचकेवाका गीत गुञ्जदै


  • गोकर्णेश्वर अनलाइन

–गोपालप्रसाद बराल
मिथिलामा दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व अहिले उत्कर्षमा छ ।

मिथिलाका गाउँनगर बस्तीका चोक अचेल सामा चकेवाका कर्णप्रिय गीतले गुञ्जिरहेका छन् । मिथिलानी ९मिथिलाका नारी० ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पञ्चमीका दिन शुरु भई पूर्णिमाका दिन समापन गरिने परम्परा छ ।

छठपर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन शुरु भएको यो पर्व अहिले समापनको नजिक पुगेको छ । यसपाली यही मङ्सिर ४ गते शुरु गरेका यो पर्व पूर्णिमा तिथिको दिन आउने सोमबार मिथिलानीले समापन गर्नेछन् । बोलीचालीमा सामा भनिने ११ दिनसम्म मनाइने यो पर्व समापनको केही दिन बाँकी हुँदा मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।

“हमर भाइ अई बेर जरुर आओत, ऐखने हम वात कैलिय” ९मेरा भाइ यसपाली सामा समापनमा अवश्य आउने छन्, मैले उनलाई खबर गरिसकेकी छु० सामा समापनको तयारीमा जुटेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ थारुटोल बनराकी आशवती चौधरी (थारु) भन्नुहुन्छ ।

आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानी बताउँछन् । “चकमन्न रातमा साथीहरु जम्मा हुन्छौं, गीत गाउँछौं, त्यसबेला ठट्टा परिहास पनि हुन्छ, अनि खेल भएन त।।रु” सामा रमाइलो खेल भएको बताउने महोत्तरीकै मटिहानी नगरपालिका–७ की दीपिका साह भन्नुहुन्छ–, “आफ्ना दाजुभाइप्रति गौरवबोध गर्नु र आपसी सम्बन्ध प्रगाढ बनाउने सन्देशसँगै आपसी (सामा खेल्नेहरु) ठट्टा परिहासले ११ दिन बितेको पत्तै हुँदैन ।”

यसपाली भने यसअघिका वर्षजस्तो सामा खेलमा महिला सहभागिता देखिदैन । कोभिड–१९ सङ्क्रमणको सन्त्रासले चोकचोकमा जम्मा हुने दिदीबहिनीको सङ्ख्या घटेको मिथिलानी बताउँछन् । यद्यपि सगोल घरका दिदीबहिनीले आफ्नै घरअघि जम्मा भएर सामा गाउने परम्परा भने थेगेका छन् ।

मध्यरातसम्मको चकमन्न समयमा नगर⁄गाउँ बस्तीको चौबाटो समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन् ।

“कात्तिक मासे यौ भैया सामा लेलक अवतार,
सयौं बरख जियौं यौ भैया सामा लेलक अवतार’
हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन् । तिमी सयौं वर्ष बाँच्छौ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छन् । दाजुभाइको दीर्घायुको कामना मात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् ।

यस्ता गीत सुनिरहदा आफ्ना दिदीबहिनी हुनेहरु खुशीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चैं किन दिदीबहिनी भएन छन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलिया गाउँका युवा सामाजिक कार्यकत्र्ता प्रवीण कर्ण बताउनुहुन्छ ।

“चलु बहिना सामा खेल भैयाके आँगन हे।।
जुग जुग जियथिन भैया अपन हे।।।१’
९हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाउँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ । ‘‘चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु’’, आफ्ना दिदीबहिनी नभएका बर्दिवास–९ पशुपतिनगरका ३० वर्षीय अमरचन्द्र महतो भन्नुहुन्छ–,“के गरौ।।।रुआफ्ना दिदीबहिनी भएनन् ।’’ यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको महतोको भनाइ छ ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दा-हीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन ९कात्तिक पूर्णिमा० मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई लुगा र नगद दक्षिणाबापत दिने गरेका छन् ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट शुुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृतिकी भई भन्ने रिसमा दुबै (सामा र चकेवा)लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवा (चक्रधर) को मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने बरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

मिथिलामा दाजुभाइ÷ दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामाचकेवा पर्व परम्परा रहेका छन् । भैयादुज कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन् ।

त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा ९राखी० बाँधी दिएर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्छन् । अनि कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामाचकेवा मनाइन्छ । भैयादुज र राखी पर्व सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले शुरु गरेका र सामाभने द्वापरयुगमा श्रीकृष्ण पुत्री सामाले दाजुप्रति कृतज्ञता जनाउन गरेकी सम्झनाको निरन्तरता भएको मैथिल बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology