• Saturday 25th of July 2026

रसुवामा उत्पादित चीज अलपत्र


  • गोकर्णेश्वर अनलाइन

लाङ्टाङ चीज उत्पाद केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ ।

बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यस्को नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकोले दुग्ध विकास संस्थानकोे काठमाडौँस्थित केन्द्रीय भण्डार लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख कग्याल्पो तामाङले बताउनुभयो । गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएका हाल पाँच लाख १२ हजारको चीज तथा एक लाख आठ हजार रुपैया बराबरको मखन अलपत्र परेको छ । नेपालको जेठो चीज कारखाना लाङ्टाङले उत्पादन गरेका चीज पर्यटकबाटै खपत भइरहेको अवस्थामा कोभिड–१९ को सङ्क्रमण शुरू भए लगत्तै विदेशी पाहुनाको चहलपहलमा शून्यता छाएपछि चीज तथा मखन बिक्रीमा समस्या आएको उक्त केन्द्रले जनाएको छ ।

चार सय चौरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मखन बिक्रीमा समस्या आएपछि गतअसोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology