• Friday 24th of July 2026

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।

‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भन्नुभयो,“ कांग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ ।”

आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology