• Sunday 26th of July 2026

रु २०० ले ओरालो लाग्यो सुनको मूल्य


  • गोकर्णेश्वर अनलाइन

लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।
प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology