• Sunday 26th of July 2026

रु ६०० ले उकालो लाग्यो पहेंलो धातु


  • गोकर्णेश्वर अनलाइन

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।

प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै चाँदी तोलामा रु १५ ले बढेको छ । रु एक हजार २६० मा बुधबार कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology