• Sunday 26th of July 2026

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३४ खर्ब


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ ।

नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु साढे १० अर्ब बराबरको भएको छ । कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो । नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ ।

यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९.९९ प्रतिशतले कमाए ।

यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology