• Wednesday 29th of July 2026

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

२५ फागुन (रासस÷सिन्ह्वा) : भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड –१९ सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ । हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संङ्क्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले मङ्गलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology