• Wednesday 29th of July 2026

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी


  • गोकर्णेश्वर अनलाइन

२६ फागुन ((रासस÷सिन्ह्वा) : ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।
कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको कोभिड –१९ को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना शुरु भएयता हालसम्म २ लाख ६८ हजार ३७० को मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्यांकअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो । गत दुई हप्ता यता यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बताइएको छ ।सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाहरुका आकस्मिक कक्षहरु ८० प्रतिशतभन्दा बढीे भरिएका बताइएको छ ।

“कोभिड –१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।त्यो क्रम अहिले पनि रोकिएको छैन । अहिले पनि सो महामारीको प्रकोप झन् बढेकोे फियोक्रुजका वरिष्ठ अधिकारी ओरेलानाले एएफपीलाई बताउनु भएको छ ।
कोरोना विरुद्धको खोपका कारण हालको महामारीको परिस्थितिमा आमूल परिवर्तन भएको पनि उहाँले बताउनु भएको छ । तर मृत्यु हुनेहरुको संख्या नघट्नु दुःखद भएको उहाँको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology