• Wednesday 29th of July 2026

रुसमा करिब ५० लाख संक्रमित पुगे


  • गोकर्णेश्वर अनलाइन

७ जेठ (रासस÷सिन्ह्वा) : रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीकनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।

रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेका बताइएको । गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो ।यहाँ गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको बताइएको छ । पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ ।

रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा संक्रमित भएका छन् । यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन् ।यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ । तर खोप दिइ नै रहेको भए पनि यहाँ संक्रमितहरु पनि बढिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology