• Saturday 25th of July 2026

निरुदेवी पालद्वारा सवारी साधन फिर्ता


  • गोकर्णेश्वर अनलाइन

तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आउनुभएको सवारी साधन आज फिर्ता गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाउनुभएको हो । निवर्तमान सांसद पालले रासससँग कुरा गर्दै भन्नुभयो, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेको छु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology