• Saturday 25th of July 2026

अखिल नेपाल महिला सङ्घद्वारा राष्ट्रपतिको चरित्रहत्या गर्नेलाई कारबाही गर्न माग


  • गोकर्णेश्वर अनलाइन

अखिल नेपाल महिला सङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीले राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहनुभएका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति र व्यवहारविरुद्ध एकजुट हुन आग्रह गरेको छ ।

कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संवैधानिक जिम्मेवारी लिएर निर्वाह गर्ने क्रममा राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहनुभएका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

कमिटीले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधानको संरक्षकको हैसियतले राष्ट्रपति संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयमाथि प्रश्न उठाई केही राजनीतिक दल, केही सञ्चारमाध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गालीगलौज गर्ने, अपमानित गर्ने, सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने तथा विभिन्न लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता कार्य निन्दनीय छ ।”

कमिटीका सहसंयोजक थममाया थापाले राष्ट्रपतिजस्तो पदमा रहेर संविधानको संरक्षकको हैसियतले संवैधानिक कामकारबाही गर्दा व्यक्तिगत चरित्रहत्या गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्नेमा माग गर्नुभयो ।

अनेमसङ्घले शुक्रबार गृह मन्त्रालयमा त्यस्ता कार्यलाई तत्काल रोक्न र यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याई तत्काल कानूनबमोजिम कारबाही गर्नका लागि ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology