• Thursday 30th of July 2026

यार्सागुम्बा संकलनका क्रममा लडेर मृत्यु


  • गोकर्णेश्वर अनलाइन

यार्सागुम्बा संकलनको क्रममा अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिंह धामीको मृत्यु भएको नौगाड गाउँपालिका–४ का अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो । यही जेठ पहिलो साता यार्सागुम्बा संकलनका लागि बुबा रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology