• Saturday 25th of July 2026

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले


  • गोकर्णेश्वर अनलाइन

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ – विनाकारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology