• Saturday 25th of July 2026

महत, ढकाल र शर्माविरुद्ध रु एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा


  • गोकर्णेश्वर अनलाइन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्याेट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फछ्र्याेट सम्झौता गरेको पाइएको छ ।
आयोगले उनीहरुविरुद्ध रु एक अर्ब ३३ लाख २० हजार ३८५ बराबरको बिगो दावी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायसमेत माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology