सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको भेनस नेशनल कलेजले अमेरिकामा पढाई हुने के १२ कोर्स भित्राएको छ । आज नर्लिङ रिसोर्टमा भएको सहमतीपत्र हस्ताक्षर समारोहमार्फत सो को जानकारी गराईएको हो । आईटीसंग सम्बन्धित कोर्स भित्राएसंगै भेनस काठमाडौंको पुर्वी भेगको उत्कृष्ट शैक्षिक गन्तब बन्ने निस्चित छ ।
यो सम्झौता नेपालको शैक्षिक क्षेत्रको उन्नयनमा अब्बल साबित हुने क्याम्पस प्रमुख कृष्ण गौतमले बताए । निलमणी न्यौपानेले कोर्सको बारेमा स्पस्ट पार्दै जेनिस क्लाउड एकेडेमीको बारेमा बताएका थिए । विद्यार्थीलाई आईटी क्षेत्रसँग अब्बल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको न्यौपानेले बताए ।
जेनिस सोलुसनसंग भेनसका विद्यार्थीलाई अन्तरास्ट्रिय स्तरमा बिक्न सक्ने बनाउन सम्झौता गरेको क्याम्पस प्रमुख कृष्ण गौतमले बताए । एमेजोन,गुगल,अलिबाबा जस्ता कम्पनीसंग सम्झौता गरेको संस्थासंग आबद्ध हुन पाउँदा भेनस कलेज गर्ववान्वित भएको कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले बताए ।
सुरुवाती कक्षा १२ सम्म कोर्स सुरुवात गरिएतापनी आगामी दिनमा ब्याचलर लेभलसम्म कोर्स प्रचलनमा ल्याउने कलेजको तयारी छ । अमेजोन वेभ सर्भिसकी प्लेसमेन्ट अफिसर सबिना पराजुलीले कोर्सको बारेमा प्रस्ट पारेकी थिईन।

