• Thursday 30th of July 2026

खोलाले बगाएकाको उद्धार


  • गोकर्णेश्वर अनलाइन

तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा रहेको उहाँको भनाइ थियो

बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology