• Wednesday 29th of July 2026

सर्पले डस्दा दुई बालिकाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology