• Friday 24th of July 2026

कमेडी च्याम्पियनका भरतमणि पौडेललाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को सहयोग


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ ले नेपालको पहिलो कमेडी रियालोटी सो दोस्रो कमेडी च्याम्पियनको टप ३ मा पुगेका भरतमणि  पौडेललाई आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमकाविच गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्यालले कमेडियन भरतमणि पौडेललाई भोटिङकोलागि सहयोग गरेका हुन् । वडा कार्यलयले सानो सहयोग गरेको वडा सचिव चन्द्रप्रभा उपाध्यायले गोकर्णेश्वर अनलाइनलाई बताइन् । सहयोग रकम भने वडाले खुलाएको छैन । एउटा प्रतिभा भएको युवालाई सहयोग गर्न पाउँदा खुसी लागेको वडा अध्यक्ष रमेश अर्यालले गोकर्णेश्वर अनलाइनलाई बताए ।भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा दोस्रो कमेडी च्याम्पियनको टप ३ मा भिड्दै छन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology