• Wednesday 29th of July 2026

कालीन्चोक सुनखानीमा प्रहरी चौकी स्थापना


  • गोकर्णेश्वर अनलाइन

दोलखाको कालीन्चोक गाउँपालिका–८ सुनखानीमा नयाँ प्रहरी चौकीको स्थापना गरिएको छ । दोलखाको उत्तरी क्षेत्रलाई लक्षित गरी सुनखानीमा स्थापना गरिएको प्रहरी चौकीको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले र दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

दोलखाको कालीन्चोक गाउँपालिका उत्तरी क्षेत्रलाई लक्षित गरी सुनखानीमा १५ जनाको दरबन्दीसहित चौकी स्थापना गर्नका लागि २०७६ साल असोज ६ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । दुई वर्षअघि मन्त्रिपरिषद्ले निर्णय गरे तापनि जिल्लामा दरबन्दीभन्दा न्यून सङ्ख्यामा प्रहरी रहेको कारणले प्रहरी चौकीको स्थापना हुन सकेको थिएन ।

पन्ध्र जनाको दरबन्दी भए तापनि प्रहरीको अभावका कारण हाल प्रहरी जवानको कमान्डमा पाँचजना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रिजालले बताउनुभयो । स्थापना गरिएको प्रहरी चौकीको कालीन्चोकको लामिडाँडा, लापिलाङ, सुनखानी सुन्द्रावती लगायतको पाँचवटा वडामा कार्यक्षत्रे रहने छ । कालीन्चोक गाउँपालिकामा सामान्य घटना भए पनि जिल्ला प्रहरी कार्यालय वा सिङ्गटी इलाका प्रहरी कार्यालय जानुपर्ने बाध्यता रहेकामा सुनखानीमा प्रहरी चौकीको स्थापना गरेसँगै सहज भएको र स्थानीय नागरिकले सुरक्षाको प्रत्याभूत गर्न पाएको कालीन्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठकले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology