• Saturday 25th of July 2026

अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित


  • गोकर्णेश्वर अनलाइन

विदेशी पर्यटकलार्ई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको जनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको हो ।

सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् । साथै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपङ्क्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले जनाएको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण होटल व्यवसायीले पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुुलुकमा पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगत्मा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् । सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology