सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको जोरपाटी वचत तथा ॠण सहकारी संस्थाले आयोजना गरेको १५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नारायणटारमा रहेको जुम क्याफेमा भएको कार्यक्रमको अध्यक्षता जोरपाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लीलामणि खतिवडाले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेफ्स्कुनका संचालन न्हुच्छे नारायण श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्याल,सहकारी बैंक जोरपाटी का शाखा प्रमुख सुमन कुमार श्रेष्ठ,कास्कुनका पुर्व अध्यक्ष केशव प्रसाद दंगाल, लगाएतको आतिथ्यता रहेको थियो । जोरपाटी बचत तथा ॠण सहकारी संस्थाका प्रबन्ध निर्देशक कृष्ण मुरारी चौलागाईंले संचालन गरेको कार्यक्रममा जोरपाटी साकोसका सचिव राजेन्द्र सापकोटाले स्वगत मन्तव्य राखेका थिए भने कास्कुनका पुर्व अध्यक्ष केशव प्रसद दंगालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै केशव प्रसाद दंगालले सहकारीले कोषलाई बलियो बनाउन सकेमात्र संस्था दिगो हुने धारणा रख्नुभएको थियो । कार्यक्रममा बोल्दै गोनपा ६ का वडा अध्यक्ष रमेश अर्यालले अन्तर सहकारी संजाल बलियो बनाउन सक्दा सहकारी क्षेत्र बलियो हुने र जनताले लगानी गरेको रकम सुरक्षित हुने धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेफ्स्कुनका संचालन न्हुच्छे नारायण श्रेष्ठले अब नयाँ सहकारी दर्तालाई बन्द गरेर भएका सहकारीको क्षमता अभिवृद्धि गर्न राज्यको ध्यान जानुपर्ने बताएका थिए। उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै जोरपाटी साकोसका अध्यक्ष लिलामणी खतिवडाले कार्यक्रम समापन गरेका थिए। कार्यक्रममा १० सहकारीका ५० भन्दा बढीले कार्यशालामा भाग लिएका थिए।कार्यक्रमममा सहकारीले आफ्नो सिकाई र अनुभव आदान-प्रदान गरेका थिए।

