सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । दशैंलाई लक्षित गरेर सुर्य देवी श्रेष्ठले सदा मंगल गरून् काली नामक भजन बजारमा ल्याएकी छिन् । बडा दशैंको बेला घर्म कर्ममा विश्वास गर्नेहरुलाई लक्षित गरेर सो भजन बजारमा ल्याईएको हो । ओएसआर डिजिटल मार्फत भजन सार्वजनिक गरिएको हो ।रामायण भजन सारले रचना गरेको भजनमा नारायणबाबु कोइरालाले आवाज दिएका छन् । भिडियोमा मनोज ओली र पुस्पराज सखाकर्मी को अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई जीवन शाहीले निर्देशन गर्नु भएको हो । भिडियोमा हेर्नुस् यस्तो छ भजन :
