• Saturday 25th of July 2026

सय रोपनीका धानबालीमा क्षति


  • गोकर्णेश्वर अनलाइन

बागलुङ जिल्लाभर लगातार ४ दिनको वर्षातले १०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार तराईका जिल्लामा जस्तो ठूलो क्षति नभए पनि झण्डै १०० रोपनी भन्दा बढी क्षेत्रफलमा भएको धानबाली नष्ट भएको र अन्य क्षेत्रमा हावाले ढालेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

पहाडमा तराईमा जस्तो धान खेत डुवान नभए पनि पाक्न थालेको धानमा पानी र हावाले क्षति पु¥याएको हो । जिल्लाका सबै पालिकाबाट यकिन तथ्याङ्कभने आउन बाँकी रहेको जनाउँदै किसानले दिएको जानकारी अनुसार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको र अन्य स्थानमा आशिंक क्षति भएको उहाँले बताउनुभयो ।

“जिल्लाको सबै पालिकाबाट हामीले क्षतिको विवरण सङ्कलन गरिराखेका छौँ” केन्द्र प्रमुख भट्टराईले भन्नुभयो, “पानी बन्द हुन थालेको छ, धेरै खेतमा धान ढालेको जानकारी आएको छ, तर धान उत्पादनमा यस वर्ष वृद्धि हुने लक्ष्य राखेको ज्ञान केन्दरुले बेमौसमी वर्षाका कारण धान खेती घट्ने अनुमान गरेको छ ।”

जिल्लामा १८ हजार ६०० मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । घरमा धान भित्र्याउनका लागि काटेर सुकाउनुभएका जिल्लाको निसीखोला गाउँपालिका–५ का नरसिंह घर्तीले साँढे १० मुरी उत्पादन हुने खेतको धानमा क्षति पु-याएको बताउनुभयो । रातको समयमा पानी परेपछि धान जोगाउन नसकेको उहाँको भनाइ छ ।

मार्सी जातका धान लगाएकाले अरु धान भन्दा छिटो पाकेको हुँदा दसैँलगत्तै काटेर भित्र्याउने चटारोमा रहेका किसान बढी मर्कामा छन् । निसीखोला क्षेत्रमा अधिकांश जडन प्रजातिका धान लागउने भएकाले धेरै क्षति हुन पाएको छैन । मार्सी जातको धान लगाएका किसानलाई भने यो बेमौसमी वर्षाले दुःखी बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology