• Tuesday 28th of July 2026

हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् ।

खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको दुव्र्यवहार गरेको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो ।

हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित हातमा कालोपट्टी वाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology