सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा इन्द्र चौलागाईंको अध्यक्षतामा २७ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको छ ।इन्द्र चौलागाईं अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा लिला खतिवडा ,सचिवमा सुमित्रा दंगाल र उप-सचीवमा कृष्ण कुमारी विक सर्वसम्मत चयन भएका हुन् ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
