सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा बालकृष्ण श्रेस्ठको अध्यक्षतामा ३१ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको छ । नेकपा एमाले गोकर्णेश्वर न.पा- ४ नं वडा कमिटी, गोकर्णको प्रथम ऐतिहासिक वडा अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, सचिबमा कृष्ण प्र. श्रेष्ठ, उप-सचिवमा कल्याण थापा र राजकुमार श्रेष्ठ लगाएत ३१ जना सर्वसम्मत चयन भएका हुन् ।।
कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
