• Tuesday 28th of July 2026

स्कुटर दुर्घटनामा एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology