• Saturday 25th of July 2026

कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology