• Saturday 25th of July 2026

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके


  • गोकर्णेश्वर अनलाइन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुभयो ।

उहाँले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनिएकाले सन्दीप लामिछाने नै कप्तान रहने बताउनुभयो । क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । दसानायकेले खेलाडीको वर्गीकरणका विषयमा भने आफूले सक्दो पहल गर्ने उल्लेख गर्दै विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology