• Saturday 25th of July 2026

केन्द्रीय सुरक्षा समितिको बैठक : स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रस्तावित आगामी स्थानीय तह निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीबारे छलफल भएको छ ।

बैठकमा निर्वाचन आयोगद्वारा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाका सामग्री र सुरक्षा व्यवस्थाबारे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology