• Saturday 25th of July 2026

ख्यालठट्टाका नाममा मानसिक हैरानी दिने ‘युट्युबर’ आकाश सेढाइँ पक्राउ


  • गोकर्णेश्वर अनलाइन

ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ ।

प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्राउ गरी आज जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ ।

सरकारले गत माघ १३ गते सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारवाहीको दायरमा ल्याउने घोषणा गरेसँगै साइबर ब्यूरो सक्रिय भएको हो ।

गृहमन्त्रालयले सार्वजनिक स्थलहरूमा छायाङ्कन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology