सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । चुनावी माहोलले देश तातेको बेला गोकर्णेश्वरको नेपाली काँग्रेसमा समेत उम्मेदवार हुन चाहनेको लाईन लामै बन्न थालेको छ । गोनपाको उप-मेयरमा ७ जनाले दाबी गरीरहँदा लिलादेवी भट्टराईले आफुपनी रेसमा रहेको गोकर्णेश्वर अनलाइनलाई बताईन् । अरुजत्तिको योगदान पार्टीलाई आफुलेपनी दिएको र २०४८ सालदेखि पार्टीको कृयाशिल सदस्य लिएर उर्जाशिल समय पार्टीमा दिएकोले आफुनै उप-मेयरको उम्मेदवार हुनुपर्ने उहाँले बताउनु भयो । २०५८ सालमा तरुण दल र नेपल महिला संघको महाधिवेशन प्रतिनिधि बन्नु भएको भट्टराई काँग्रेसको १३ औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर क्षेत्रीय सदस्य निर्वाचित हुनु भएको थियो । २०७४ मा महाधिवेशन प्रतिनिधि बन्नु भएको पौडेल हाल नेपाल महिला संघ गोकर्णेश्वर नगर समितिको सभापति हुनुन्छ ।
