• Friday 24th of July 2026

नेकपा एमाले गोकर्णेश्वर ८ मा वडा अध्यक्षमा सर्वसम्मति भएको छैन : डम्बर श्रेष्ठ


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एमालेका नेता एवम् गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य डम्बर श्रेष्ठले गोकर्णेश्वर ८ मा सर्वसम्मत वडा अध्यक्ष चयन नभएको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य कृष्ण राईले एकपक्षीय ढंगले सर्वसम्मत भएको भनेर प्रचार गरेतापनी आफुले नेकपा एमालेको वडा अध्यक्षमा प्रतिस्पर्धा गर्ने कुराबाट पछि नहटेको बताएका छन् ।

कृष्ण राईको दबाबमा ओमप्रसाद ढकाललाई दबाब दिएर पछि हट्न लगाएको र आफू जनप्रतिनिधि भएर राम्रो काम गरेको र जनताले मेरो नाम लिन थालेपछि पहिलाजस्तै पार्टी हराउन अन्य ब्यक्तीलाई अघि सरेको डम्बर श्रेष्ठको आरोप छ । कृष्ण राईले बसाइँसराइ गरेर आएकालाई पाखा र स्थानियलाई काखा गर्ने गरेको आरोप बजारमा सुनिन थालेको छ ।

यस पटक जोरपाटीका ५ वडामा लोकल र बोइलरको नारा कडा रुपमा आउने निश्चितै छ । डम्बर श्रेष्ठ सोलुखुम्बुबाट बसाइँसराइ गरेर गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology