• Monday 27th of July 2026

सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको छ : तारा एयर


  • गोकर्णेश्वर अनलाइन

तारा एयरले सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको जनाएको छ । तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो ।

सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ ।

सम्पर्कविहीन वायुयान खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौषमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ । उक्त वायुयान खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौषम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको बताइएको छ । उक्त वायुयानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology