• Saturday 25th of July 2026

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा


  • गोकर्णेश्वर अनलाइन

पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै विद्यालयलाई कालोसूचीमा राखिएको हो ।

यसरी कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा वीरगञ्ज, नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी रहेका छन् ।

यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदर्सा इस्लामिया आधारभूत विद्यालय सुगौलीविर्ता, नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतिपुर, नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर वेल्वा र आदर्श बालविकास आधारभूत विद्यालय बेल्वा रहेका छन् ।

कालोसूचीमा परेका विद्यालय अहिले प्राप्त कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत जानकारी दिइएको हो । प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं विद्यालय नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

मोटरसाइलका चोरी गर्ने सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाइकल चोरी गरेको आरोपमा छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बााराको पचरौता नगरपालिका–७ बेनौलीटोल बस्ने २१ वर्षीय विशालकुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय बृजमोहन साह सोनार, विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल, २३ वर्षीय बरक सहनीलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology