• Saturday 25th of July 2026

अतिक्रमित भूमि फिर्ता ल्याउन पहल हुनुपर्छ : अध्यक्ष ओली


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका र गठबन्धनका शीर्ष नेताहरूले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता गराउने विषयमा पहल गर्नुपर्ने बताउनुभयो ।

सुकुम्बासी, मुक्त कमैया आदिवासी र गरिब जनताको पार्टी एमाले भएको भन्दै उहाँले ‘समृद्ध नेपाल, खुसी नेपाली’को परिकल्पनाका साथ अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology